Vacancy for Law Students or Paralegal

Vacancy for Law Students or Paralegal

कानून विषयमा अध्ययनरत छात्रछात्राहरु वा लेखापढी व्यवसायहरू (Paralegals) को आवश्यकता

सार्वजनिक प्रतिरक्षक समाज नेपाल (PDS-Nepal) गरिब, असहाय, अभियुक्त वा प्रतिवादीहरूलाई निःशुल्क र गुणस्तरिय कानूनी सेवा प्रदान, कानूनी सचेतना तथा कानून न्यायक्षेत्रसंग सम्बन्धि अनुसन्धान गर्ने उद्देश्यका साथ स्थापना गरिएको एक राष्ट्रिय गैर नाफामुलक, गैरसरकारी सामाजिक संस्था हो ।

UNDP-Nepal र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँगको सहकार्यमा संचालित Enhancing Access to Justice through Institutional Reform Project (A2J) Project II परियोजना अन्तर्गतको कार्यक्रमहरु संचालनको लागि साझेदार संस्थाको रुपमा रहेको यस PDS-Nepal द्वारा मधेश प्रदेश अन्तर्गत धनुषा र बारा जिल्लामा न्यायमा पहुँच अभिवृद्धि गर्न कानूनी सहायता लगायतका विभिन्न कानुनी सचेतना र क्षमता अभिवृद्धि गतिविधिहरू संचालनका लागि निम्न संख्यामा कानून विषय अधययनरत छात्रछात्राहरु वा लेखापढी व्यवसायी (paralegals) को आवश्यकता रहेकोले इच्छुक महानुभावहरुबाट दरखास्त आव्हान गरिएको छ ।

आवश्यक संख्या: धनुषा जिल्लाको हकमा ३ जना कानून विषय अध्ययनरत वा लेखापढी व्यवसायी (paralegals)

बारा जिल्लाको हकमा १ जना कानून विषय अध्ययनरत वा लेखापढी व्यवसायी (paralegal)

सम्पादन गर्नु पर्ने कार्य:-

  • लक्षित समूहका लागि विभिन्न कानुनी मुद्दाहरूमा कानुनी सचेतना सत्रहरू सञ्चालनमा सहयोगी भूमिका निर्वाह गर्ने,
  • विपन्न वर्गलाई कानुनी सहायता सेवाको कार्यमा सहयोग गर्ने,
  • डिफेन्डर बुथ, कानूनी क्लिनिक, कानूनी सहायता शिविर र अन्य कानुनी सचेतना कार्यक्रमहरु आयोजना गर्न सहयोग गर्ने,
  • अनुसन्धान, अनुगमन, र मूल्याङ्कन गतिविधिहरू सञ्चालन गर्न परियोजना टोलीलाई सहयोग गर्ने ।

योग्यता र आवश्यकताहरूः

  • कानून विषय लिएर अध्ययनरत रहेको/गरिरहेको प्रमाणपत्र वा paralegals को हकमा लेखापढी कानून व्यवसायको प्रमाणपत्र प्राप्त गरेको वा नवोदित कानून व्यवसायी रही Paralegal को हैसियतमा काम गर्न इच्छुक रहेको ।
  • धनुषा जिल्लाको लागि मैथिली भाषा र बारा जिल्लाको हकमा भोजपुरी भाषा बोल्न लेख्न जान्ने भएको र नेपालको कानूनी प्रणाली र प्रक्रियाको बारेमा राम्रो ज्ञान राखेको,
  • जिल्ला भित्र लक्षित नगरपालिकाहरुमा यात्रा र काम गर्न इच्छुक,
  • प्रभावकारी सञ्चार, सहजीकरण र समन्वय गर्ने शिप रहेको,
  • PDS-Nepal Student Neatwork सँग सम्बन्धित कानूनका विद्यार्थीहरूलाई पहिलो प्राथमिकतामा राखिनेछ,
  • कार्यक्रम संचालन हुने स्थानीय निकाय (धनुषा जिल्लाको हकमा मिथिलाविहारी नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, औरही गाउँ पालिका, बारा जिल्लाको हकमा देवताल गाउँपालिका, परवानीपुर गाउँपालिका वा विश्रामपुर गाउँपालिका र सो संग सम्बन्धित छिमेकका अन्य स्थानीय निकाय) का स्थानीय बासिन्दालाई आवेदन दिन प्रोत्साहित गर्दै प्राथमिकता दिइनेछ ।

सुविधा/भत्ता:- मासिक रु० १५,०००/- तथा कार्यक्रम संचालन हुँदाको स्विकृत यातायात खर्च ।

कार्य अवधि:- मे १, २०२३ देखि नोभेम्बर १५, २०२३ गरी जम्मा ७ महिना ।

आवेदन गर्ने तरिका:-

इच्छुक उम्मेद्वारहरूले आफ्नो वैयक्तिक विवरण (CV) सहितको निवेदन र आफ्नो योग्या पुष्टी गर्ने प्रमाण सहित मिति २०८०/०१/१९ (May 2, 2023) सम्ममा प्राप्त हुने निम्न ठेगानामा निम्न तरीकाले बुझाउन सकिन्छ ।

इमेल मार्फत:-

PDS-Nepal

Head office, Babarmahal, Kathmandu

Email: vacancy@pds-n.org

वा

धनुषा जिल्लाको हकमा-

शाखा कार्यालय जनकपुर

रेल्वे स्टेशन एरीया, धनुषा अस्पतालको छेउमा

सम्पर्क नं० – ९८१९८६७१७३ (अधिवक्ता दिलिप कुमार मण्डल)

वारा जिल्लाको हकमा-

सम्पर्क कार्यालय, बारा कलैया

बारा जिल्ला अदालत रोड, वडा नं० ४

सम्पर्क नं० – ९८४९४९९०७२ (अधिवक्ता राजेन्द्र प्रसाद)

नोट: छनोटमा परेका उम्मेदवारहरूलाई मात्र अगाडीको चयन प्रक्रियाको लागि सम्पर्क गरिनेछ ।